भारतमा एक दिनमा छ हजार भन्दा बढी कोरोना सङ्क्रमित

<span class='c1'>भारतमा एक दिनमा छ हजार</span> <span class='c2'>भन्दा बढी कोरोना सङ्क्रमित</span>

भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् ।बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । योसँगै भारतमा चार करोड ४४ लाख ८४ हजार सात सय २९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय सङ्क्रमित छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ । बुधबार छ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ ।

बिहीबार कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा पाँच लाख २८ हजार एक सय २१ जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । त्यसयता दुई अर्ब १४ करोड ५५ लाख भन्दा बढी मात्रा खोप लगाइसकिएको छ । त्यसैगरी ८८ करोड ८० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्