बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

<span class='c1'>बेलायती महारानीको निधनमा भारतले एक</span> <span class='c2'>दिने राष्ट्रिय शोक मनाउने</span>

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरुले जनाएका छन् ।

“उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

शोक मनाउने दिन भारतभर र विदेशस्थीत भारतीय कार्यालयहरुमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने उहाँको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गर्नु भएको थियो ।

प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गर्नुभएको छ । उहाँले प्रकाशित गर्नुभएको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उहाँले गर्नु भएको छ । “उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन”, प्रधानमन्त्री मोदीले लेख्नुभएको छ ।

उहाँको निधनप्रति विश्वका अन्य देशका नेताहरुले पनि शोक व्यक्त गर्नुभएको छ भने अन्य देशहरुले पनि शोक मनाउने निर्णय गरेका छन् ।

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँले बेलायतको रानीको रुपमा ७० बर्षभन्दा बढी समय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनसँगै उहाँका छोरा चार्ज तृतीय बेलायतको राजा बन्नुभएको छ । रासस/एएनआई

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्