सुन्दरहरैँचामा भू–उपयोग सम्बन्धी काम सुरू

<span class='c1'>सुन्दरहरैँचामा भू–उपयोग सम्बन्धी</span> <span class='c2'>काम सुरू</span>

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ ।

सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।

नगरको वडा नं १० र १२ मा प्रारम्भिक चरणको काम सुरू भएको छ । विद्यमान भू–उपयोग अवस्था, भूमिको उर्वरता, जनसङ्ख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्डीकरण दरलगायतलाई आधार मानेर काम गरिने परामर्शदाता तारा खतिवडाले अन्तक्र्रियामा जानकारी गराउनुभयो ।

नगरमा भू–उपयोग परिषद्को काम नगरकार्यपालिकाले नै गरी जमिनको वर्गीकरण गर्ने काम पूरा हुने परामर्शदाता खतिवडाले बताउनुभयो । उहाँले कृषि क्षेत्रका लागि न्यूनतम दुई कठ्ठा र आवास क्षेत्रका लागि न्यूनतम साढे सात धुर जग्गा हुनु अपरिहार्य रहेको उल्लेख गर्नुहँुदै स्थानीयसँगको सहकार्यमा कृषि, आवास, उद्योग, वन, जलाधारलगायतका क्षेत्रमा जग्गाको वर्गीकरण गरिने बताउनुभयो ।

यसअघि प्रचलित अव्वल, दोयम, सीम र चहार भनी गरिएको वर्गीकरणलाई नयाँ वर्गीकरणले विस्थापन गर्ने उल्लेख गरिएको छ । पहिलो चरणमा तथ्याङ्क सङ्कलन गरी नक्साङ्कन गरिने र थप काम अघि बढाइने नगर प्रवक्ता ढकालले बताउनुभयो । रासस

तस्वीर : मणिराम दाहाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्