बेलाइत नरेश चार्ल्स तृतीय नयाँ राजा घोषित

बेलाइत नरेश चार्ल्स तृतीय नयाँ राजा घोषित

राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ ।

यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उहाँलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।

घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलाइतको संविधानअनुसार युवराज चाल्र्स स्वतः राजा हुनुभएको हो ।

शुक्रबार नै उहाँले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गर्नुभएको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गर्नुभयो । राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा नवनरेश चाल्र्सले “मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु,” भन्नुभयो । रासस/सिन्ह्वा

तस्वीर: बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्