पश्चिमी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

<span class='c1'>पश्चिमी इन्डोनेसियामा ५.६</span> <span class='c2'>म्याग्निच्युडको भूकम्प</span>

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ ।

जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिणपश्चिममा दश किलोमिटर समुद्रको गहिराईमा रहेको सो एजेन्सीले जनाएको छ ।

भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्