लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन

<span class='c1'>लेटाङबाट फुटबल हेर्न गएका</span> <span class='c2'>तीन बालिका सम्पर्कविहीन</span>

विराटनगर । लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन भएका छन् ।

शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई बेपत्ता भएका हुन् । उनीहरु तीनै जना स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छन् ।

प्रहरीका अनुसार उनीहरु फुटबल हेर्न जाने भन्दै घरबाट शनिबार बिहान ११ बजेतिर निस्किएका थिए । तर, गाउँमा खेलकुदका कुनै प्रतियोगिता नभएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको खोजी कार्य तीव्र बनाए पनि फेला पार्न नसकिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।

प्रहरीमा ढिलो गरी जानकारी आएकाले खोजिमा समस्या भएको प्रहरीले बताएको छ । आफूहरुले आइतबार बिहान ६ बजेतिर मात्र जानकारी पाएको श्रेष्ठले बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्