सुन्दरहरैँचामा वर्तमान नेतृत्वले काम गर्न सकेन: निवर्तमान मेयर ढकाल

सुन्दरहरैँचामा वर्तमान नेतृत्वले काम गर्न सकेन: निवर्तमान मेयर ढकाल

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले नगरको वर्तमान नेतृत्वले हालसम्म एउटै पनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।

नगरले १ सय दिनमा गरेको कामको बारेमा जानकारी दिन जारी गरिएको श्वेतपत्र पुरानै कामको निरन्तरता मात्रै भएको ढकालले आफ्नै निवासमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।

निर्वतमान नगर प्रमुख ढकालले सुकुना बहुमुखी क्याम्पसमा एमफिल कक्षा सञ्चालन गर्ने, गछियामा शीतभण्डार निर्माण गर्ने, सिमसार लगायतका पर्यटकीय क्षेत्रको प्रबद्धनमा केही पनि नबाेलिएकाे आराेप समेत लगाएका छन् । उनले नगरवासीमा भ्रम छर्न सफल श्वेतपत्रले नगर नेतृत्व हाँसको चाल न बकुल्लाको चालको स्थितिमा रहेको बताए।

ढकालले हालै जारी गरिएको श्वेतपत्र ढाँटको पुलिन्दामात्रै भएको बताउँदै नयाँ नेतृत्व आउनासाथ निर्वतमान मेयरले ३१ करोड रूपैयाँ घाटा गराएको आरोप लगाइएको तर अहिले सो विषय श्वेतपत्रमा र चालु आर्थिक वर्षको बजेटमा उल्लेख नगरिनुले सो विषय पनि झुटो भएको पुष्टि गरे ।

अहिले छाया मेयर धेरै भएका र नगर नेतृत्वलाई खबरदारी गर्ने काम प्रमुख प्रतिपक्षी दल लगायतका कुनै पनि दलले नगरेकाले निवर्तमान नगर प्रमुखको नाताले आफू बोल्न बाध्य भएको साथै श्वत पत्र स्वयम नगर प्रमुखले जारी समेत गर्न नसकेर अरूबाटै जारी हुनु राम्रो पक्ष नभएको समेत पत्रकार सम्मेलनमा उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्