एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जित्यो

एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जित्यो

एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले पन्छाउँदै श्रीलंकाले एसिया कप ट्वान्टी–२० को उपाधि हात पारेको हो ।

दुबई अन्तर्राट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि भानुका राजपाक्षेले अविजित रहँदै ७१ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै, चामिका करुनारत्नेले अविजित १४ रन बनाउँदा वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।पाकिस्तानका लागि हरिस राउफले ३ विकेट लिए भने निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १/१ विकेट लिए ।

१७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान १४७ रनमै अल आउट भयो । उसका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै, इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए ।

पाकिस्तानमाथिको जितसँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । त्यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्