महिला साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

<span class='c1'>महिला साफ च्याम्पियनसिप : नेपालले</span> <span class='c2'>आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै</span>

जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ। सेमिफाइनल यात्राका लागि श्रीलंकासँग बराबरी खेले मात्रै पनि नेपाल सेमिफाइनल पुग्नेछ ।

समूह ुबीु मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ । श्रीलंकालाई पराजित गरे नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोलको नतिजामा पराजित गरेको थियो ।

पहिलो खेलमा भुटानसँग ५-० को नतिजामा पराजित भएको श्रीलंकालाई सेमिफाइनलमा पुग्न फराकिलो जितको आवश्यकता रहेको छ ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह ए को पाकािस्तान र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्