सुन्दरहरैँचामा भुमिहिनलाई निस्सा वितरणकाे कार्य शुरू

<span class='c1'>सुन्दरहरैँचामा भुमिहिनलाई निस्सा वितरणकाे</span> <span class='c2'>कार्य  शुरू</span>

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १० स्थित एकता वस्तिमा वडा कार्यालयले आयाेजना गरेको कार्यक्रममा भूमिहिनलाई निस्सा वितरण कार्यकाे उदघाटन गरिएको छ ।

निस्सा वितरणकाे उदघाटन गर्दै नगर प्रमुख केदारप्रसाद गुरागाईले मंसिर सम्ममा भुमिहिनलाई लालपूर्जा दिनेगरी काम गरिरहेको बताए । उनले लालापुर्जा दिनेकामलाई पहिलाे प्राथमिकतामा राखेकोले यो क्षेत्रको पूर्जा वितरणलाई जतिसक्दो चाडाे गर्ने उल्लेख गर्दै कार्यपालिकाले समेत पुर्जा वितरण गर्ने निर्णय गरेकाे नगर प्रमुख गुरागाईंले बताए ।निस्सा वितरण कार्यक्रममा यस क्षेत्रमा बस्ती उठाउने प्रयासहरू पहिले भएका तर आफूले रोक्न सफल भएकाले अहिले नागरिकमा खुसी छाउने दिन आएको नगर प्रमुख गुरागाईले उल्लेख गरे ।

राष्ट्रिय भूमि आयोग केन्द्रिय कार्यालयबाट समेत यस क्षेत्रको अध्ययन (नाप जाँच) गर्ने कार्य भइरहेको छ। भूमि आयोग सुन्दरहरैँचाका प्रमुख तेजप्रसाद आचार्यले पहिलाे चरणमा यस क्षेत्रमा काम गर्ने र यति काम गर्न लाग्ने समयकाे निर्धारण गर्न सहज हुने र अन्य वडामा काम सुरू गर्ने बताए । उनले जनशक्तिकाे कमि भएका कारण साेचे अनुसार कामले गति लिन नसकेकाे समेत उल्लेख गर्दे भएका जति कर्मचारीबाट रफ्तारमा काम भइरहेकाले चाँडै काम सकेर पुर्जा वितरण गर्न आयाेग लागिरहेकाे समेत बताए ।

निस्सा वितरणकाे उदघाटन कार्यक्रममा १९ जना भुमिहिनलाई निस्सा वितरण गरिएको तथा वाँकीलाई वडाबाट वितरण गरिने वडा अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

यो ठाउँमा अहिले प्रविधिकबाट नक्साङ्कन हुने काम समेत भैरहेको छ । टाेलमा करीब ४ सय परिवार रहेका छन् भने याे वडामा ११ सय भुमिहिन परिवारले आवेदन दिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्