जापानका सर्वजेष्ठ पुरुषको ११२ वर्षको उमेरमा निधन

<span class='c1'>जापानका सर्वजेष्ठ पुरुषको ११२</span> <span class='c2'>वर्षको उमेरमा निधन</span>

जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ ।

उनको जन्म सन् १९१० मे महिनामा भएको थियो। उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ।

गिनिज वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो । उनको मृत्युसँगै, जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने ११५ वर्षीया महिला फुसा तात्सुमी हुन्।

जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए उनी (११६ वर्ष र ५४ दिन) को उमेरमा जुन २०१३ मा निधन भएको थियो। रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्