भाग्य र जिन्दगी

भाग्य र जिन्दगी

-बिनयबिष्णु के. सी.
जिन्दगीका कथाहरुसंग
गन्थन मन्थन गर्दै
घोत्लिएर सोच्छु
जिन्दगीले जित्यो, कि भाग्यले ?

केवल चलाएमान मात्रै छ
खै, कसको भाग के पर्यो
कि त जिन्दगी हार्यो,कि त भाग्य
कस्तो मृगतृष्णा यो

जिन्दगी हार्यो भनौ भने
श्वास फेर्दै छु यहाँ
अनी भाग्य हार्यो भनौ भने
आश मार्न छाडेको छुईन अझै

भाग्य र जिन्दगी
बिचको साईनोमा रुमलिदै
न यो मितेरी छुटिन्छ
न त कुनै मार्ग नै कोरिन्छ

उफ्फ ! लामो श्वास तान्यो
अनी फेरी सराप्यो
खै, कसको भाग के पर्यो
कि त जिन्दगी हार्यो, कि त भाग्य।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्