विराटनगरका समाजसेवी भट्टराईद्धारा ग्रामिण क्षेत्रका विद्यार्थीलाई व्याग वितरण

<span class='c1'>विराटनगरका समाजसेवी भट्टराईद्धारा ग्रामिण</span> <span class='c2'>क्षेत्रका विद्यार्थीलाई व्याग वितरण</span>

विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् ।


मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरूलाई भट्टराईले ब्याग वितरण गरेका हुन् । संविधान दिवसको अवसर पारेर सोमबार स्कुल परिसरमा विद्यार्थीहरूलाई पाठ्यक्रम राख्ने ब्याग वितरण गरिएको हो ।
विद्यार्थीहरूलाई समाजसेवी भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की, विद्यालयका प्रधानाध्यापक चन्द्र मगर, व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइली लगायतले ब्याग वितरण गरेका थिए ।


कक्षा पाँच सम्म पठनपाठन हुने यो विद्यालयमा कानेपोखरी गाउँपालिका भित्रका आर्थिक विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । पछिल्लो समय कानेपोखरी गाउँपालिका भित्रमा सरस्वती आधारभूत विद्यालय नमुना विद्यालयको रूपमा विकास हुँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्