सुनसरी र झापामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

<span class='c1'>सुनसरी र झापामा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा ३ जनाको मृत्यु</span>

विराटनगर । सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सुनसरीको ईटहरी-९ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउदै गरेका पैदल यात्री ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारीलाई ठक्कर दिंदा घाईते भएका भण्डारीको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी ईटहरीले जनाएको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा १४ च ९१०८ नंम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको बरको रुखमा ठोक्किदा घाइते भएका कार चालक सप्तरी लेगडा-५ का ४४ बर्षीय बलराम यादव र ईटहरी-१० की ३० बर्षीया गिता चौधरीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको तथा सोही कारमा सवार रहेका अन्य ४ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्