लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

<span class='c1'>लाओसमा पच्चीस हजारभन्दा</span> <span class='c2'>बढी डेङ्गु सङ्क्रमित</span>

लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् ।

वितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ । लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् ।

लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन् । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्