ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भोजपुरमा जन्मिएका भैरब ढकाल

ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भोजपुरमा जन्मिएका भैरब ढकाल

विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाँचौ अधिवेशन पश्चात् निर्वाचित राष्ट्रिय कमिटीको प्रथम बैठकले पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन गरिएको छ ।
भोजपुर जिल्लाको चरम्बिमा बुबा सिताराम ढकाल र आमा पदम कुमारी ढकालको माइला सुपुत्रको रुपमा जन्मिएका भैरब विगत २५ बर्ष देखि अस्ट्रेलियाको पर्थमा होटल वयवसाय गर्दै आएका छन् । त्यति मात्र हैन ढकाल एक समाजसेवी समेत हुन् । उनले स्वदेश तथा विदेशमा नेपालीहरुको संघ सस्था लगायत विभिन्न असाहय अपङ्गगता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग समेत गरेका छन् । उनले शिक्षाबाट वञ्चित भएका बालबालिकाहरुलाई स्कुल जानको लागी ठूलो सहयोग गरेका छन् । उनले अष्ट्रेलियामा धेरै नेपालीहरुलाई रोजगारी समेत दिएका छन् ।


त्यसैगरी मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेको प्रमुख आतिथ्य र अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज डा. विनोद श्रेष्ठको बिषेश आतिथ्य, ओशियाना अध्यक्ष राजु उपाध्याय र सचिव रमेश पौडेलको आतिथ्यमा भएको बैठकले सल्लाहकार समितिको प्रमुखमा डा. जगदिश तिमिल्सिना र सदस्यहरुमा धर्म राज अधिकारी, भवानी ओली, चन्द्र योन्जन, महेन्द्र बहादुर कार्की, होम पाण्डे, डा.हेमाङ्ग शर्मा, डा. राम आचार्य, भैरब ढकाल, शिशिर नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो । भर्चुअल माध्यमबाट भएको बैठकले पब्लिक रिलेशन अफिसरमा मञ्चका सचिव प्रकाश पन्थीलाई नियुक्त गरेको छ भने ११ बटा विभिन्न विभागहरु गठन समेत गरेको छ ।

प्रचार विभाग प्रमुख अशिम कोइरालाले जारी गरेको विज्ञप्ति अनुसार १२ सदस्यीय सचिवालय गठन गरिएको छ । गत अगष्ट २७ र २८ सिड्नीमा सम्पन्न पाचौ अधिवेशनको समिक्षा गर्दै उक्त बैठकले अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

यसै गरि मञ्चका अष्ट्रेलिया अध्यक्ष केशब जोशीले प्रथम बैठकबाट राष्ट्रिय कमिटीका सदस्यहरुको कार्य विभाजन गरिएको र आगामी बैठकहरुबाट विभागलाई पुर्णता दिने बताए । उनले आगामी नोभेम्वर ५–६ मा काठमाडौंमा हुने मञ्चको अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशनमा अष्ट्रेलियाबाट २५ प्रतिनिधिहरु सहभागी हुने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्