दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्यो

दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्यो

नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण खेल आठ–आठ ओभरको भएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले सर्वाधिक ४३ र आरोन फिन्चले ३१ रन बनाए । भारतका लागि अक्षर पटेलले दुई र युजभेन्द्र चहलले एक विकेट लिए ।

जवाफमा रोहित शर्माको शानदार इनिङ्सका कारण भारतले आठौँ ओभरमा जित निकालेको थियो । शर्माले अविजित ४६ रन बनाए । विराट कोहली ११, केएल राहुल १० र हार्दिक पाण्ड्याले मात्र ९ रन बनाउन सके । दिनेश कार्तिक १० रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्