सन्दीप लामिछाने असोज २० मा नेपाल आइपुग्ने, भन्छन ” म निर्दोष छु”

सन्दीप लामिछाने असोज २० मा नेपाल आइपुग्ने, भन्छन ” म निर्दोष छु”

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत लामिछानेले नेपाल आएर आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।

"बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु," उनले भनेका छन्, "नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु ।"

उनले आफू निर्दोष रहेको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । साथै उनले आफूमाथि निष्पक्ष व्यवहार हुने विश्वास गरेका छन् ।"छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु," उनले भनेका छन् ।

उनले आफ्ना शुभचिन्तकहरूलाई सम्बोधन गर्दै आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । आफू षड्यन्त्रको सिकार बनेको उनको जिकिर छ ।

सन्दीपमाथि एक नाबालिकामाथि जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्