पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी

<span class='c1'>पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध</span> <span class='c2'>पक्राउ पूर्जी जारी</span>

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो ।

आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएकोप्रति खानले सार्वजनिक कार्यक्रममार्फत आक्रोश पोख्नुभएको थियो । सोही मुद्दामा उहाँविरुद्ध प्रतिआतङ्कवाद कानून अन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो ।

तर उक्त मुद्दाको सुनुवाईका क्रममा अदालतले भने आतंकवाद विरोधी प्रावधान हटाएको थियो । रासस/एएनआई

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्