कविता : सुखी सिंहदरबार

कविता : सुखी सिंहदरबार

- निर्मल तामाङ
देश दुखिरह्यो, दुखाइ झन बढिरह्यो ।

मलम खोज्दै भुमध्यरेखामा पुगेथे
अनागरिक हुनुको पिडाबोध पिएथे ।

नाङ्गो आँङहरुमा अरबी घाम रापिँरहदा
पहाडमा केटाकेटीहरु न्यानो ओडिरहे
भविष्यहरु भौतारिएर गुमनाम हराइरहँदा
मधेशमा एक दर्जन पेटहरु अघाइरहे
बाकसभित्र सपनाहरु चिरनिद्रामा देश फर्किरहदा
भक्कानिएर देश रोइरह्यो ।

दुखिरह्यो देश, बढिरह्यो दुखाई ।

यता,
मलमलको शरिरमाथि कलकलाउदो छाला बोकेर
अघ्राएको प्यान्टे भुँडीले गमगिन गफ हाँकेर
झुमिरह्यो सिंहहरवार ।

आल्हादित रक्तमुद्राको नशामा
मिडासको लोभि कथा नायक बनिरह्यो सिंहदरवार ।

दुखाईरह्यो देश, बढाईरह्यो दुखाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्