वर्षाका कारण सिड्नीका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी

<span class='c1'>वर्षाका कारण सिड्नीका बासिन्दालाई</span> <span class='c2'>सुरक्षित स्थानमा जान चेतावनी</span>

केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ ।

अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

न्यू साउथ वेल्सको आपतकालीन सेवाका आयुक्त कार्लीन योर्कले आइतबार पत्रकार सम्मेलनमा भन्नुभयो, “हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरु अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।

सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जन भन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपतकालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा बर्षाका कारण नदीहरू बढ्ेका र डुवानको समस्या पनि देखिएकोले बाढीको जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ ।

राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन ।
सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् ।

गत मार्चमा अस्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्