अन्तरास्ट्रिय: उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

अन्तरास्ट्रिय:  उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

समाजवादी पार्टीका संस्थापक तथा भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उनको निधन भएको हो ।

यादव गत २ अक्टोबरदेखि उक्त अस्पतालमा उपचाररत थिए । आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य अवस्था नाजुक रहेको र जीवन बचाउने औषधि खुवाइएको जानकारी दिएको थियो ।

उत्तर प्रदेशलाई ट्र्याक गर्ने धेरै राजनीतिक विश्लेषकहरूले कुस्ती चालमा पोख्त भएकै कारण राजनीतिक पृष्ठभूमि नभए पनि राजनीतिको अखाडामा उनी उस्तै सफल भएको बताएका बीबीसी हिन्दीले लेखेको छ ।

मुलायम सिंहको प्रतिभा पहिलो पटक प्रजा समाजवादी पार्टीका नेता नाथु सिंहले पहिचान गरेका थिए। जसले उनलाई १९६७ को चुनावमा जसवंतनगर विधानसभा सिटको लागि टिकट दिए।

त्यसबेला उनी २८ वर्षका थिए र राज्यको इतिहासमा सबैभन्दा कान्छो विधायक बनेका थिए । विधायक बनेपछि उनले एमएको पढाइ पूरा गरे ।

सन् १९७७ मा उत्तर प्रदेशमा रामनरेश यादवको नेतृत्वमा जनता पार्टीको सरकार बनेपछि मुलायम सिंहलाई सहकारीमन्त्री बनाइएको थियो । त्यतिबेला उनको उमेर मात्र ३८ वर्ष थियो ।

चौधरी चरण सिंहले मुलायम सिंहलाई आफ्नो राजनीतिक उत्तराधिकारी र छोरा अजित सिंहलाई कानुनी उत्तराधिकारी भनेर सम्बोधन गर्थे।

तर, बुबा गम्भीर बिरामी भएपछि अजित सिंह अमेरिकाबाट भारत फर्किएपछि उनका समर्थकहरूले उनलाई पार्टी अध्यक्ष बन्न बाध्य पारे।

यसपछि मुलायम सिंह र अजित सिंहबीच प्रतिस्पर्धा बढ्यो । तर, मुलायम सिंहले उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने मौका पाए ।

५ डिसेम्बर १९८९ मा मुलायमले लखनउको केडी सिंह बाबु स्टेडियममा मुख्यमन्त्रीको सपथ लिए र आँसु झार्दै भने, “गरिब छोरालाई मुख्यमन्त्री बनाउने लोहियाको पुरानो सपना साकार भएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्