निर्वाचन विशेष : विजय गच्छदार र भगवती चौधरीको तेश्रो भिडन्त

<span class='c1'>निर्वाचन विशेष : विजय गच्छदार</span> <span class='c2'>र भगवती चौधरीको तेश्रो भिडन्त</span>

सुजता लिम्बु
विराटनगर । पाँच वर्षअघि एउटै चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका एमाले नेतृ भगवती चौधरी र काँग्रेस नेता विजयकुमार गच्छदार पुनः उही मैदान छन् । चार निर्वाचनमध्ये सुनसरीको क्षेत्र नम्बर– ३ मा काँग्रेस नेता गच्छदार र एमाले नेतृ चौधरी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरुको यो तेस्रो पटकको प्रतिस्पर्धा हो । अघिल्लो दुवैपटक गच्छादारले बाजी मारेका थिए ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा आफैँ अध्यक्ष रहेको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव उठेका गच्छदारले भगवती चौधरीलाई ३६२ मतले पछि पारेका थिए । ०७४ मा गच्छदारले ३२१ को मतान्तरले चौधरीलाई पराजित गरे । गच्छदारले ३८ हजार ९ सय ७२ मतसहित बिजयी हुँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् । ०७४ को मतगणनामा धाँधली भएको भन्दै भगवती चौधरीले निर्वाचन परिणाम विरुद्ध पुनः मतगणनाको माग गर्दै २०७४ पुस ११ गते सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन् । त्यो रिट अझै विचाराधीन अवस्थामा छ वा औचित्य सकिएको छ ।

संसदीय निर्वाचनका खेलाडी मानिने गच्छदार सातौँ पटक निर्वाचनको मैदानमा उत्रिँदैछन् । गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचन तत्कालिन मधेसी जनअधिकार फोरमबाट जितेका उनले दोस्रो संविधानसभा निर्वाचनअघि आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी खोलेका थिए ।
२०७० को दोस्रो संविधानसभामा आफ्नै नेतृत्वमा रहेको पार्टीबाट चुनाव जितेका हुन् । २०७४ सालको निर्वाचनअघि कांग्रेसमा फर्किएर चुनाव लडेका उनी यो पटक पनि जित्नेमा विश्वस्त छन् ।

फेरिएको राजनीतिक परिस्थिति
चुनावी प्रतिस्पर्धाका लागि मैदान उही तर, राजनीतिक परिस्थिति फेरिएको छ । २०७४ सालमा गठबन्धन भएर चुनावी मैदानमा भिडेकी चौधरी र गच्छदारका लागि ५ वर्षको अन्तरालमा राजनीतिक परिस्थिति फेरिएको छ । पाँच वर्षअघिको निर्वाचनमा चौधरीलाई सहयोग गरेको माओवादी केन्द्रले यो निर्वाचनमा गच्छदारलाई सहयोग गर्दैछ । एमालेबाट विभाजित एकिकृत समाजवादी पार्टीको मत पनि गच्छदारलाई जानेछ ।

फेरिएको राजनीतिक ‘हाइट’
पहिलो पटक गच्छदारमा चुनावी मैदानमा होमिँदा चौधरी जिल्ला तहको कमिटीमा थिइन् । तेस्रो पटक प्रतिस्पर्धा गर्दै गर्दा पार्टीको केन्द्रीय सदस्य बनेकी चौधरी को राजनीतिक उचाइ र परिस्थिति गच्छदारसँग आकाश–पाताल फरक छ । गच्छदारमाथि काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा भ्रष्टचार गरेको आरोप छ । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि भूमिगत भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएलगतै विशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा छुटेका थिए ।
सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा त्यहि प्रकरणमा जोडिएर च्रष्टचार गरेको भन्दै थत सोमबार उजुरी दर्ता भएको छ । काठमाडौं ७ का विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएको हुन् । यद्यपी उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयले गच्छदारको उमेदवारी बारे मौन रहयो ।

अब जनताले न्याय दिन्छ : चौधरी
पुनः तेश्रो पटक गच्छादारसँगको चुनावी भिडन्तमा पराजित भएकी चौधरी अदालतले दिन नसकेको न्याय जनताले न्याय दिनेमा विश्वस्त रहेको दाबी गर्छिन । ०७४ को निर्वाचनमा असन्तुष्टि भएर अदालतमा पुगेको मुद्धा विचाराधिन अवस्थामा रहँदा रहँदै पनि उम्मेदवारी पाएका गचछदारले यो निर्वाचनमा धाँधली गर्न नसक्नेमा ०७४ को निर्वाचनमा असन्तुष्टि भएर अदालतमा पुगेको मुद्धा विचाराधिन अवस्थामा रहँदा रहँदै पनि उम्मेदवारी पाएका गचछदारले यो निर्वाचनमा धाँधली गर्न नसक्नेमा आफू ढुक्क रहेको बताउछिन् । ‘गएको निर्वाचनमा जस्तो अबको निर्वाचनमा धाँधली हुँदैन, प्रशासनलाई पार्टीको मान्छेलाई र मतदान केन्द्रमा पनि सचेत रहन भनेको छु’, उनले भनिन्,‘अब त सबै डिजिटलको पहँुचमा पुगेकाले अब पहिलेको जस्तो अवस्था छैन ।’

उजुरी लाग्दैन :काँग्रेस
गच्छदार विरुद्धको उजरी फण्डा बनाइएको हो र उजुरी नलाग्ने सुनसरी ३ का काँग्रेस क्षेत्रीय सभापति मेहेंदी हुसेनको दाबी छ ।‘ त्यो उजुरी यतिकै हालेको हो,’ उनले आवर विराटनगरसँग भने,‘ त्यो उजरी लाग्दैन ।’ तर, सुनसरी ३ मा गच्छदार र चौधरीबीचको भिडन्त अन्य बेला त्यहाँका नागरिकको दैनिक जीवन व्यवहारसँग जोडिएर पनि मतदानमा प्रस्तुत हुने गरेको छ । गच्छदार नागरिकका समस्यासँग नजिक रहने नेतामा गनिन्छन् । चौधरी समस्यामा परेका नागरिकलाई फरवार्ड लघुवित्त वित्तीय संस्थाबाट ऋण लगानी त गर्छिन् तर ऋण उठाउन उतिकै कस्छिन् पनि । त्यसको असर ऋण दिएर ब्याजसहित असुली गर्नेसँग भन्दा असजिलो परेको बेला सहयोग गर्नेसँग निकट रहने गरेको मतदाताका मतबाट प्रकट हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्