लघुकथा : माइती दाजु

<span class='c1'>लघुकथा :</span> <span class='c2'>माइती दाजु</span>

-चूडामणि नेपाल ‘अकिञ्चन’
ल्याइते आँगनको बीचमा टुसुक्क बस्यो र आसाको नजर फैलायो । “जदौ मालिक्नी ! बाबा आमाको नक्कल ग¥यो । पक्का यो दमाई नै रहेछ ।” मालिक्नी भित्र के के गर्दै थिईन, सुनेर पनि सुन्न चाहिनन् ल्याईते परियारलाई आफ्नो पुरानाम र कसको छोरो हूँ त्यो पनि थाहा थिएन ।
सप्ताह पुरान सकेर आउँदै गर्दा हर्षनाथ गुरुले बाटामा रुँदै गरेको एउटा केटो भेटे, नाम सोद्घा ‘परियार’ मात्र भन्न जान्यो । कामकै लागि भए पनि बाहुनीले ग्वालिको एउटा कुनामा आश्रय दिईन ।

मायाले लिएर आएका हुनाले सबैले उसको नाम ल्याईते राखिदिए । चाहेका भए हर्षनाथले उसलाई रामप्रसाद, हरिप्रसाद नै बनाई दिन सक्थे तर किन त्यसो गरेनन् ? “आमा बाउले मलाई बोक्दै बोकेन, छोल्यो” भन्थ्यो रोई हाल्थ्यो । आज पल्ला गाउँकी सुन्तलीलाई उसले एकै भेटमा फकाएर ल्यायो । बाहुनीले कराउँदै आफ्ना पुराना साडीहरु फेर्न दिईन । ‘अव कहाँ राख्छस दमे ? कसरी पाल्छस ?’

‘यत्रो वर्ष बारी,खेत बिराएँ,हलो जोतें, घोचा दाउरा,थाङ्ग्रा लेक बेंशी सबै गरें, अहिले आफैँले बनाएको यो ग्वालीको एक कुनो पनि पाउँदिन त मालिक्नी साब ? उसले बरर्र आँसु झा¥र्यो ” बाहुनी झर्किएर बोलिन । ‘यहाँ छोरीज्वाई आएर बस्छन् । तँ त्यो बारीको पुछारमा गएर छाप्रो हालेर बस ।’
यति भन्दा पनि ल्याइते हर्षले गदगद भयो । एक घण्टामै उसले घोचा गाडेर गोठ हाल्यो । पराल ओच्छयाएर विस्तारा बनायो ।
हर्षनाथका छोरीज्वाई आईपुगे । ल्याइतेको सोधिखोजी भो । छोरी कुद्दै बारी मुनिको पाटोमा पुगिन र दुबैलाई अँगालेर ग्वालिमा ल्याएर भित्राइन । ‘आमा ! अझै तपाईले मान्छे चिन्न सक्नसुभएन है ? मलाई केही चाहिंदैन,सबै दाइलाई दिनु, उहाँ मेरो माइती दाजु हो ।’

विराटनगर-१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्