सुजता लिम्बु
विराटनगर । आगमाी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा रहेको प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रमध्ये मोङको क्षेत्र नम्बर ३ चर्चामा छ । एमालेको किल्ला मानिने क्षेत्रबाट नेपाली काँग्रेसका नेता एवम् नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, एमाले नेता भानुभक्त ढकालको प्रतिस्पर्धामा अभिनेत्री रेखा थापा राप्रपाबाट इन्ट्री भएकी छन् । ढकाल र शर्मा मध्ये कसले बाजी मार्ला भन्ने चर्चासँगै अब थापाको इन्ट्रीले कस्तो प्रभाव पार्ला भन्ने विषय रोचक बनेको छ । यतिबेला गाँउवस्ती, चोकहरुमा तीनजनामध्ये जनताको मत कसले पाउला भन्ने छलफल र बहस चलिरहेको छ ।
आगामी निर्वाचनमा आफ्नो प्रतिस्पर्धा व्यक्तिसँग भन्दा पनि राजनितिमा फैलिएको विकृतिको अन्त्य र सो क्षेत्रको जनताको समस्याको समधानका निम्ति विकल्प दावी गरिरहेकी थापाका लागि शर्मा र ढकाललाई उछिनेर अग्रभागमा आउन त्यति सहज भने पक्कै छैन । राप्रपाको कमजोर संगठन र फेज आउट राजनीतिक लाइनले चुनावी मैदानमा चुनौती दिन उभिएकी थापा भने मतदाताबीच कमजोर देखिएकी भने छैनन् ।
५ वर्ष अगाडी अर्थात ०७४ को निर्वाचनमा एउटै निर्वाचन मैदानमा होमिएका ढकाल र शर्मा सुकुम्बाुी समस्या र स्वास्थ्य,शिक्षाका एजेण्डा लिएर जनताको घर आँगनमा पुगेका थिए ।
दुई दलको प्रतिस्पर्धामा एमाले नेता ढकालले शर्मालाई हराउदै बाजी मारेको थिए । यो निर्वाचनमा भने परिस्थितिले कोल्टे फेरेको छ । अर्थात यो पटक त्रिपक्षिय भिडन्त हुँदैछ । तीनैजना प्रतिस्पर्धी यतिबेला एजेण्डा र आश्वसनको पोको बोकेर घरदैलो कार्यक्रमा व्यस्त छन् ।
पाँच वर्ष अगाडी निर्वाचनको मैदानमा निस्किरहँदा उम्मेदवारहरुले जनताको समस्यालाई मध्यनजर गर्दै एजेण्डाका थाकसहित घरदैलोमा थिए । भूमिहिन, सुकुम्बासी, बेराजगारीको समस्याले वर्षौदेखि पिल्सिएका नागरिकलाई केहि आसा जगाएका नेताहरुले केहि गरे की गरेनन् भन्ने कुराले थापाप्रति मता आकर्षण हुने बाटो भने खुल्ला छ । स्वास्थ्य, शिक्षाका विषयलाई थाँती राख्दै सुकुम्बासी समस्या समाधानको विषयलाइ प्राथमिकतामा राखर ३ नम्बर क्षेत्रका जनताले मत दिएर एमालेका नेता भानुभत्त, ढकाललाई जिताएका थिए । तर, एजेण्डा अनुसार काम गर्न नसकेको स्थानीहरुको गुनासो छ । करिब ४० हजार नागरिक लालपूर्जाविहीनछन् । उनीहरुले बसोबास गरेको र जोतभोगको जमिनको स्वामित्व खोजिरहेका छन् ।
फेरिएको राजनीतिक अवस्था
२०७४ को निर्वाचन अवस्थालाई फर्किएर हेर्ने हो भने एमाले नेता ढकाल बामगठबन्धनबाट चुनाव लडेका थिए । त्यो समय स्थानीय तहको निर्वाचनको मतपरिणामको आधारमा सुरक्षित स्थान खोजेर ढकाल क्षेत्र नम्बर ३ चुनाव लड्न पुगेका थिए । ढकालले सुरक्षित स्थान रोजेर सो क्षेत्रमा पुगेको भए पनि शर्मासँगको प्रतिस्पर्धामा जित हाँसिल सहज भएन । शर्माले ढकाललाई हराउन गरेको प्रयास असफल भएपनि ढकाललाई अनुमान गरेजति सहज भने भएन । ढकालले शर्मालाई १९०६ को मतअन्तरले पछि पार्दै विजयी भएका थिए ।
ढकालले त्यो समय ४२ हजार ४१३ मत ल्याएका थिए । शर्माले ४० हजार ५०५ मत प्राप्त गरेका थिए । तर, अबको राजनीतिक अवस्था पहिलेको जस्तो छैन । ०४७ देखि अहिलेसम्मको अवस्थामा आइपुग्दा दल भित्रको आन्तरिक किचलो, पार्टी फुटको छिटाले यो निर्वाचनमा ढकालालाई जित हाँसिल गर्न निक्कै सकस पर्ने दावी गरिन्छ । त्यसमा पनि ढकाल पूर्व स्वास्थ्मन्त्री हुँदा उनीमाथी कोभिड १९ मा स्वास्थ्य सामागी र उपमकरण खरिदमा राज्यको कोष हिनामिना गरेको आरोप छ । यो आरोपले पनि उनको राजनीतिक हाइटमा प्रश्न चिन्ह उठेको स्थानीय सञ्चारकर्मीहरुको भनाई छ ।
यता शर्मालाई पनि आफूले संचालनमा ल्याएको शिक्षण अस्पतालमा विद्यार्थीहरुबाट चर्को रकम असुल गरेको आरोप छ । तर, आफ्नो निर्वाचन क्षेत्रका जानताहरुलाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानले भने शर्माको चर्चा राम्रै छ । उनलाई एक पटक आफ्नो क्षेत्रको जनप्रतिनिधिको रुपमा मतदाताले हेर्न चाहेको बताउनेहरु पनि कम छैनन् । तर, शर्माका लागि आफ्नै पार्टीका स्थानीय तथा राष्ट्रियस्तरका नेताको सहयोग जीतका लागि आवश्यक पर्दछ ।
रोचक प्रतिस्पर्धा
ढकाल र शर्माको प्रतिस्पर्धा गएको निर्वाचनभन्दा कम नहुने स्थानीयहरु बताउछन् । त्यसमा एमाले, काँग्रेस र माओवादीबाट असन्तुष्ट रहेका मतदाताहरुको मत राप्रपाबाट उमेदवार बनेकी नायीका थापाले पाउन सक्ने आंकलन गरिएको छ । तर, थापा भने आफूलाई सो क्षेत्रको जनताले मत दिएर जिताउनेमा ढुक्क रहेको दाबी गर्छिन् । यता, शर्मालाई आफ्नै पार्टी भित्रको अन्तर्घातले हराउन सक्ने सम्भावना धेरै रहे पनि गठबन्धन इमान्दार भए शर्मा र ढकालको प्रतिस्पर्धा यो निर्वाचनमा रोचक हुने काँग्रेसका एक नेताले बताए । निर्वाचनको राम्रै तयारीमा रहेको मोरङ क्षेत्र नम्बर ३ का काँग्रेस सचिव विवेक लिम्बू बताउँछन् । विजय हाँसिल गर्ने हिसाबले तयारीमा जुटेको बताउने उनी सुनिल शर्मालाई यो पटक जित्न खासै गाह्रो नपर्ने दावी गर्छन् । यता एमाले नेता ढकालसँग सम्पर्क गर्न खोज्दा आफू विरामी हेर्न गएको र व्यस्त रहेको बताए । उनले सञ्चारमाध्यमसँग कुरा गर्न चाहेनन् ।