दमकमा ‘उर्गेनको घोडा’ दौडमा युग पाठक, परम्परागत राजनीतिक जग भत्काउने लक्ष्य

<span class='c1'>दमकमा ‘उर्गेनको घोडा’ दौडमा युग पाठक,</span> <span class='c2'>परम्परागत राजनीतिक जग भत्काउने लक्ष्य</span>

यतिबेला देश निर्वाचनको दौडमा छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभाको निर्वाचनको दौडमा भाग लिएर जीत हाँसिल गर्ने हुटहुटी सहित राजनीतिक दलका नेता देखि स्वतन्त्र उम्मेदवारहरु आ—आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त छन् । यसै क्रममा पछिल्लो समय दशकौँ देखि राष्ट्रिय राजनीतिमा ख्याती कमाएका शिर्ष नेता अर्थात पूर्व प्रधानमन्त्री एवम् एमाले नेता केपी शर्मालाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार बनेका लेखक तथा विश्लेषक युग पाठक पनि यतिबेला चुनावी मैदानमा उत्रिएका छन् । ‘उर्गेनको घोडा’, ‘माङ्गेना’, ‘नेपाल मन्थन’ लगायतका चर्चित पुस्तकका लेखक पाठक झापा क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभाका लागि एमाले अध्यक्ष ओलीलाई टक्कर दिँदै चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । सोहि क्षेत्रबाट ‘उत्सवण’ आन्दोलनको घोषणा समेत गरेका पाठकले पराम्परागत राजनीतिको जगलाइ भत्काउन कतिको सहज छ ? उनले घोषणा गरेको आन्दालन किन र के का लागि भन्ने विषयमा रहेर सुजता लिम्बूले लेखक युग पाठक सँग गरेको संक्षिप्त कुराकानी ।

निर्वाचनको तयारी कस्तो चलिरहेको छ ?
निर्वाचन आयोगको आचारसंहिताले कात्तिकको १७ गतेदेखि मात्रै सभा, जुलुस, घरदैलो गर्न पाउने भन्ने भएकाले अहिलेसम्मको तयारी कुराकानी, छलफल गर्ने, भेटघाट गर्ने साथै आफ्नो घोषणापत्र वितरण गर्ने कामहरु गरिरहेका छौँ । साथै डिजिटल मिडियाबाट आफ्ना कुराहरु राख्ने गरिरहेका छौँ ।

तपाईलाई लेखककोरुपमा पढिरहेको, देखिरहेको एक्कासी राजनीतिमा प्रवेश गर्नुभएको छ । यो आम पाठकहरुका लागि सरप्राइज नै भएको छ । यस्तो अवस्थामा तपाईलाले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्रका मतदाताले कसरी लिएका छन् ?
एउटा चाहीँ अलिक अप्रत्यासित जस्तो नै भयो । धेरैलाई तर, हाम्रो तयारी पुरानै थियो । विभिन्न प्रकारले राजनीतिक दलहरु अथवा विभिन्न एउटा खालको काम गरिरहँदासम्म हामीले मुद्दाको आधारमा कहिले कसलाई कहिले कसलाई सहयोग गरिरहेका थियाँै । तर, अहिले आएर कस्तो देखियो भने राजनीतिक दलहरु कुन न कुनै रुपमा देशको राजनीति. आम जनताको मनोविज्ञान र समाजको गतिलाई नेतृत्व दिन नसक्ने ठाँउमा पुगेको जस्तो देखियो । त्यसो भएपछि यसको विषयमा अलिक लामो अध्ययन गरेर खास कुरा के हो त ? हामी कहाँ फसिरहेका छौँ त ? भन्ने कुराको अध्ययन गरेर एउटा वैचारिक निष्कर्ष निकालिसके पछि त्यसलाई अब ढिलो नगरि प्रयोगमा जानुपर्छ । अब हामीले यही चुनावबाट गएनौँ भने सुरु गर्न गाह्रो हुन्छ । त्यहि भएर सुरु गर्ने भनेर यसलाई एउटा राजनीतिक अभियानको रुपमा एउटा नया सिराबाट अधिकार मुद्दाहरु सँगै जनताको दैनिक जीवनको संकटहरुलाई समाधान गर्ने र समाजलाई एक प्रकारको भौतिक मानसिक सबै हिसाबले समृद्धितर्फ लैजाने एउटा नयाँ आन्दोलन थाल्नुपर्छ । आन्दोलन पहिलेको जस्तो राज्यसँग डिमान्ड गर्ने मात्रै होइन रचनात्मक आन्दोलनको रुपमा अगाडी बढाउनुपर्छ भनेर आइसके पछि यहाँ एक किसिमको शिक्षक, राजनीतिककर्मी, अन्य बौद्धिक, समाजिक व्यक्तित्वहरु साहित्यकारहरु हुनुहुन्छ उहाँहरुले चिनिरहको मान्छे भयो । चिनिरहेको मान्छे यसरी किन आयो भन्ने पनि भयो सँगै उत्साह पनि भयो । यस्तो मान्छे राजनीतिमा आउनु त राम्रो कुरा हो । राजनीति गर्ने भने को वौद्धिक गतिविधि गर्ने भन्दा बाहिर जस्तो भइरहेको थियो हाम्रोमा । समान्यतः के हुन्छ भने एकदम टाइट टाइमलाई छोडेर संसारभरी राजनीतिमा गहिरो गरी काम गरेको मान्छेहरुले बौद्धिक कर्म सँगसँगै अगाडी बढाएका हुन्छन् । बौद्धिक कर्म अगाडी बढाउने सांगठिक कर्म पनि गरेका हुन्छन् । तर हाम्रोमा त्यस्तो छैन । त्यसो भएको हुनाले बौद्धिक व्यक्ति यसरी आउनु एकदम स्वागत योग्य हो भनेर उहाँहरुले हर्षित भएर स्वागत गर्नुभयो । त्यसपछि अहिलेको राजनीतिक अभियानको मेरो आफ्नो उद्देश्य र वैचारिक कुराहरु बताइसके पछि उहाँहरुले विभिन्न ढंगले अगाडी बढ्नलाई साथ दिइरहनुभएको छ । आम जनता जसले मलाई त्यस्तो साह्रो चिन्नुहन्न जसले टिभिमा सम्म देख्नुभएको छ वा पत्रिकामा फोटो देख्नुभएको छ तर राम्रोसँग चिन्नुभएको छैन उहाँहरुले पनि उत्साह देखाउनुभएको छ ।

तपाईका केही पाठकवर्ग, शुभचिन्तकहरु युव पाठक राजनीतिमा आउनु भन्दा पनि लेखेर बसेको भए हुन्थ्यो भन्ने पनि हुनुहुन्छ । यसलाई कसरी बुझ्नु हुन्छ ?
यो स्वभाविक नै हो अहिले हाम्रोमा हेर्ने नजरिया नै त्यसरी बनेर आयो । लेख्ने, पढ्ने वा वौद्धिक क्रियाकलाप गर्ने मान्छे त्यहि क्रियाकलापमा नै सिमित हुनुपर्छ । राज्यका निकायहरुमा बौद्धिक मान्छेहरुले गर्ने थुप्रै ठाँउ छन् । जस्तै योजना अयोग छ, कर्मचारी तन्त्रलाई नै पनि मान्न सकिन्छ । युनिभर्सिटी छ प्रज्ञा प्रतिष्ठानहरु छ । त्यस्तोमा हुने नियुक्ति हेर्नुभयो भने राजनीतिको बुझाइ ‘क्लियर पिक्चर’ आउँछ । के नियुक्ति गर्ने बेलामा एउटा खालको ‘क्राइट एरिया’ बनाएको छ ? पिएचडी गरेको हुनुपर्ने वा काम गरेको अनुभव हुनुपर्ने भन्ने बनाएको हुन्छ ? त्यो अनुसार बाँडफाँड हुन्छ ? अथवा बाँडफाड भएर राजनीतिक दलका नेताहरुको जसले धेरै चाकडी ग¥यो त्यो बौद्धिक पद पाउने हुन्छ । उसले काम गर्ने बेलामा पनि त्यही चाकडीलाई निरन्तरता दिने हुन्छ । र, आफूले गर्ने कुरामा उसको ध्यान हुँदैन अथवा ध्यान दिदाँ दिँदैन । के भयो भने विश्वविद्यालयमा ज्ञान उत्पादन हुनुपर्ने हो त्यो सामान्य विदेश जानका लागि विदेश केन्द्रिकृत म्यानपावर उत्पादन गर्दिने थलो भयो । कर्मचारी तन्त्र हेर्ने हो भने जागिर खाने मौका प¥यो भने यताबाट कमिसन मिल्छ कि उताबाट कमिसन मिल्छ भनेर हेर्ने भयो । प्रज्ञा प्रतिष्ठान जस्तो थलोहरु आफै थला परेर बसेका छन् । यस्तो स्थितिमा सबैले हेर्ने नजरिया कस्तो भयो भने राजनीति भनेको चाहीँ अर्कै जन्तुहरुले गर्ने हो । बौद्धिक कर्म चाहीँ अलिक अर्कै खाल्को जन्तुले गर्ने हो । र यो दुईवटाको वीचमा कुनै मेल नै छैन भन्ने भयो । यसले कस्तो स्थिति सृजना भयो भने, सृजनात्मक रचनात्मक हुनुपर्ने मुख्य राजनीति हो तर त्यसलाई सबैले हेर्ने नजर अर्कै पारिदिए । बौद्धिक क्षेत्र, कर्मचारी तन्त्र अथवा अन्य क्षेत्र यत्तिकै सृजनात्मक हुन, रचनात्मक हुन, नयाँनयाँ आविस्कारहरु गर्न प्रेरित र सहयोग गर्न एउटा बाटो दिने त्यसलाई बलजोड राजनीतिले दिनु पर्नेमा राजनीति सामान्य खेलमा गएर टुंगियो । त्यस्तो दृष्य देखिरहँदा मान्छेलाई लेख्ने, बोल्ने त्यस्तो बौद्धिक व्यक्ति राजनीतिमा नगएको भए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक नै हो । तर, हामीले राजनीतिलाई कसरी बुझेका छौँ भने, यसभित्र बौद्धिक र राजनीतिक दुवै काम संगै अगाडी बढाउने यदि बढ्दैन भने रचनात्मक नहुने कुरालाई ध्यान दिएनौं ।

हाम्रो आन्दोलनहरु असफल भएको पनि त्यहिं छ । किनभने एउटा मुद्दा भयो त्यो मुद्दा पक्रेर जुलुस लगाएको लगाएकै गर्ने हडेताल गरेको गरेकै गर्ने जस्तो भयो । आन्दोलन त हरेक दिन रचनात्मक हुनप¥यो नि त । नयाँ नयाँ समाजको संकटहरुलाई चिन्ने सैद्धान्तिकृत गर्ने त्यसलाई आन्दोलनको विषय बनाउने, त्यो आन्दोलन खाली राज्यसँग माग गर्ने मात्रै होइन राज्यलाई कयौँ प्रसंगमा रचनात्मक काम गर्न बाध्य पार्ने समाजलाई पनि रचनात्क काम गर्ने तिर डोहो¥याउने हुनुपर्छ ।
मैलो नारा नै बनाएको छु, ‘शक्ति तिर फर्किएको राजनीतिलाई जनता तिर फर्काउनु प¥यो ।’ त्यसकारण यो खाली शक्तिको खेल हो भन्ने कुराबाट राजनीतिलाई मुक्त नगर्ने हो भने समाज निराशाको दलदलमा फस्ने भयो । त्यसकारण हाम्रो बौद्धिक कृयाकला पनि त्यहीँ फस्ने भयो ।
मैले आन्दालनको कुरालाई थोरै जोडे, तपाईले झापा क्षेत्र नम्बर ५ बाट आन्दोलनको घोषणा गर्नुभएको छ, यो आन्दोलन किन र के का लागि ?
विचारलाई नै नयाँ ढंगले पूर्णनिर्माण गर्नुपर्ने भयो । सिद्धान्तलाई नै पुनःनिर्माण गर्नुपर्ने भयो । किनभने अहिलेसम्म हामीसँग भएका सिद्धान्तले धेरै आन्दोलनहरु गरेका छौँ । धेरै उपलब्धिहरु पनि हाँसिल गरेका छौँ । तर, हामीलाई एउटा नयाँ गोरेटोमा अगाडी बढ्नलाई सृजनात्मक समाज निर्माण गर्नलाई उत्साहसहितको केही न केही नयाँ सृजनाको समाज निर्माण गर्नलाई त्यो विचारधारा भएका राजनीतिक दल त्यसैले नेतृत्व गरेको युनिभर्सिटीहरु, विचार प्रणालीहरुले हामीलाई अगाडी बढ्न मद्दत गरिरहेको छैन । यस्तो स्थिति ठूलो वैचारिक संकटको स्थिति हो । त्यसकारण यो स्थिति कहाँबाट पैदा भयो भन्ने एउटा नयाँ व्याख्या गर्दै बाहिर निस्किने उपायको खोजी हो । पहिलेको जस्तो सिधा धर्कामा क्रान्ति गरेर जाने भन्ने जुन आजसम्मको सिद्धान्त छ त्यसले हँुदैन । समाज विकासको जुन गति हुन्छ त्यो गतिमा विभिन्न बीउ रचना हुन्छन् । एउटा बीउ रचना भएपछि मान्छे आदतको प्राणी हो । एउटा चिजमा आदत बसेपछि त्यो आदतलाई नै सधैँ सत्य मानेर बस्छ । त्यस्तो प्राणी भएको हुनाले गर्दा पुरानो आदतमा हामी फसेका छाँै । यसबाट लाभा जस्तो बाहिर निस्किने भनेको उत्स्रवण गर्ने भनेको हो । त्यो खालको आन्दोलन भनेको अहिले हामीले वैचारिक आन्दोलनको रुपमा चुनाव मार्फत लिएर आएका छाँै । यसलाई राजनीतिकरुपमा अगाडी बढाउनका लागि यसका थप हाँगाबिँगाहरु निर्माण गर्ने र हाम्रो समाजका संगतहरुलाई चिन्ने र त्यसबाट निस्किने कार्ययोजनाहरु बनाउने र सँगै समाजलाई हामीले एउटा नयाँ बाटोमा हिँड्नलाई आफूबाट समाजबाट सिक्दै र समाजलाई गतिशिल बनाउने कुराको नेतृत्व गर्ने अगाडी जाने आन्दोलनलाई उत्स्रवण आन्दोलन भनेको हो । त्यसको चाहीँ यो एउटा सानो अभ्यास मात्रै हो अहिले चुनाव लड्ने कुरा ।

आन्दोलनसँगै पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा ५ नै किन रोज्नुभयो ?
यो आन्दोलनको वैचारिक खाका निर्माण गरिसके पछि यसलाइ अभ्यासमा लैजान अब हामीले ढिलो ग¥यौं भने अहिलेको चुनावपछि भयानक जनतामा निराशा देखिन्छ । निराशामा हामीले हस्तक्षेप गर्न थालिहाल्नुपर्छ की भनेर मौका छोपेको हो । किनभने योबेलामा जनताको आँखा, कान खुल्ला हुन्छ । यो बेलामा भनेनौँ कुरा अगाडी बढाएनाँै भने सुरुवात गर्न कठिन हुन्छ । ढिलो हुन्छ भनेर निर्वाचन रोजेको हो । अहिले पहिलो झड्का निर्वाचनबाट नै दिने हो भनेर निर्वाचनमा जाने निर्णय गरेको हो । र अर्को भन्नलाई त केपी ओलीको क्षेत्र भन्नछन् तर, यो यहीँको जनताको क्षेत्र भयो । यहीँको जनताको वीचमा तीस वर्ष देखि निरन्त हुनुहन्छ । ६४ को आँधीमा माओवादीले जितेको बाहेक उहाँले तीस वर्ष देखि यहाँ जितिरहेको र देशको राजनीतिमा पनि निर्णायक भूमिका भएको मान्छे उहाँको पछिल्लो समयको राजनीति यही चलिरहेकै प्रणाली भित्र पनि असाध्यै नकारात्मक र चलिरहेको प्रणाली भित्र पनि आशा दिने भन्दा पनि थप निराश बनाउने मनागरिक, पार्टी, र पार्टीकै कार्यकर्ताको वीचमा पनि खतरनाक ढंगले उहाँले विघटनमुखी राजनीतिक गरिरहनुभएको छ । त्यो विघटनमुखी काउण्टरमा हामी खडा हुन हाम्रो उत्स्रवण आन्दोलनको एउटा महत्वपूर्ण चुनौती पेस गर्नुका लागि ठिक हुन्छ भनेर हामीले यो क्षेत्रलाई रोज्नुप¥यो ।

 पूर्वप्रधानमन्त्रीको तीन दशक देखिको राजनीतिक सफलताको त्यो जगमा आफू सफल हुन्छु भन्नेमा कतिको विश्वस्त हुनुहन्छ ?
एकदमै विस्वस्त छु । मलाई राम्रोसँग के थाहा छ भने राजनीतिको पहिलो शब्द भनेको विचार हुन्छ । बाँकी आश्वासन त जनताले तीस वर्ष देखि सुन्दै आएको छ । यहाँ सबैले भन्छन्, तपाईले पनि भन्नुयभो तीस वर्ष देखि जग बसाएको, जरा बसाएको ठाँउ हो । तर, त्यसको के हो भने पञ्चायत पनि तीस वर्षसम्म जग बसाएर बसेको थियो । तर, त्यो पञ्चायतलाई यसो हेर्दा लिखुरे देखिने काठमाण्डांै र बाहिरका दुईतीन वटा आन्दोलनले ढालिदियो । किन ढाल्दियो भन्दा त्यसको मिति पुगेर ढाल्दिएको हो । ढाल्नेका साइज कत्रो छ भन्ने कुराले महत्वपूर्ण भएन ढाल्नेको विचार के भन्ने कुरा महत्वपूर्ण भयो त्यतिबेला पनि । र अहिले पनि त्यहि हुन्छ । त्यो जग त सबेकै हो । तर, त्यो जग काम नलाग्ने भएकाले त्यो झर्ने बेलाको दाँत जस्तो भएको छ । त्यसलाई भयंकर ठूलो सनासो लिएर झार्नु पर्दैन । समान्य दुईवटा ठूलो आँैलाले कर्याक्क पार्दा झरिहाल्छ । त्यो हुँदा राजनीतिमा विचार महत्वपूर्ण कुरा हो । विचार सहितको हामीले काम गरिसके पछि जित्न नसक्ने भन्ने मलाई लाग्दैन ।

अहिलेसम्मको विश्व दृष्टिकोणले काम गर्दैन भन्ने ठहरमा कसरी पुग्नुभयो ?
हो, यो लामो संघर्षको परिणाम हो । लामो समय देखि म जस्तै धेरै मान्छेहरुले खोज गरिरहेका छन् । किन अहिलेको दुनियाँमा प्रविधि युक्त जस्तो लाग्छ । वातावरण संकट, पुँजीवादले गरेको भयानक सिस्टम त्यो सिस्टमभित्र मान्छे यान्त्रिकिकरण हुँदै जाने । मान्छेको प्रकृतिसँगको सम्बन्ध कम्जोर हुँदै जाने, प्रकृति र मान्छेसँगको सम्बन्ध दुश्मनीको जस्तो हुँदै जाने । युद्धपछि अर्को युद्ध गरेर मात्रै संकट टार्न खोजिने यस्ता कुराले संसार कहाँ फसेको हो । मानव जाति कहाँ फसेको हो, भन्ने सम्बन्धमा व्यापक अध्ययन अनुसन्धान भईरहेको थियो । एककिसिमको अनुसन्धान हेर्ने हो भने एउटा झड्का ३२ सय वर्ष अगाडी बुद्धहरुले दिएको झड्का थियो । त्यस्तै युरोपियनहरुको संसारभरी उपनिवेस बनाउने चक्र सुरु भए पछिको माक्र्सहरुले दिएको झड्का अर्को थियो । त्यस्तै अब नयाँ झड्का दिने समय आयो भनेर धेरैले पुरानो फ्रेमबाट सोँच्न छोडिदिएर सारा व्याख्या, हजारौँ किताबहरु ‘आउट डेटेड’ जस्तो देखिए । त्यो नयाँ, नयाँ खोज भयो हजारौँ पुराना किताबहरु अब ‘आउट डेटेड’ भए । अब नयाँ ढंगले नसोचि नहुने भयो भन्ने ठाँउमा संसारभरका मान्छे पुगेका छन् । व्याख्याहरु पनि नयाँ ढंगले भइरहेको छ । र नेपालमा संधै किन आन्दोलनहरु हुने कुनै आन्दोलनले टुंगोमा नपु¥याउने समाजमा एक प्रकारको निराशा छाउने ?
एउटा विद्रोहले परिणाम ल्याउँदासम्म थोरै आशा छ । त्यसपछि तुरुन्तै निराशामा परिणत भईहाल्यो । यो चाहीँ एकदुई जना मान्छेको अथवा समान्य प्रविधि संकटको परिणाम होइन यो मान्छे भन्ने जात विचारले चल्ने जात भएको हुनाले विचारको संकट हो भन्ने निष्कर्षमा पुगे म । त्यो विचारको संकट चाहीँ अहिले चलिआएका वैचारिक धारहरुले समाजलाई नेतृत्व दिन नसकेको परिस्थितिले देखाउँछ । त्यसकारण समाजलाई नेतृत्व दिने हो भने पुरानो विचारको धारलाई पक्रेर दुई चार कुरा दाँया, दुईचार कुरा बाँया मिलाएर शब्द, वाक्य तलमाथी हुँदैन त्यो विचारहरु माथी नै च्यालेन्ज गरेर एउटा नयाँ वैचारिक खाका अगाडी सार्नुपर्छ भन्ने निष्कर्ष निकालिसके पछि अब अगाडी बढ्नुपर्छ भन्नेमा पुगेको हो ।

अन्त्यमा झापाली जनताले तपाईलाई मत दिने आधार के छ ?
समान्यतः अहिले बनेको आधार भनेको विद्रोह हो । विद्रोहमा के हुन्छ भने पुरानो सत्ताको जकड जो छ यस्तोसँग मान्छेलाई थिचेको हुन्छ । त्यो तानासाहा सृजना गरेको हुन्छ न आफ्नो कुराहरु स्पष्टसँग बोल्न सक्छ । न आफ्नो व्यवहारहरु ठिकसँग उसले आत्मविश्वास भएर आत्मनिर्णयका साथ आफ्नो व्यवहार गर्न सक्छ र आम जनताको वीचमा पनि त्यसले भयानक ठूलो निराशा पैदा गर्छ । त्यस्तो स्थितिमा विद्रोहमा आएकाले गर्दा एउटा आधार भनेको विद्रोहको आधार हो । अर्को सामान्यतया हाम्रो समाजमा पैदा भएको विद्रोहलाई क्याच गर्न मात्रै खोजेको होइन, मेरो विचारको पनि आधार हो । त्यहाँ देखि बाहेकका आधार बन्दै जाने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्