आमाबुबाको माया नपाउँदा कलिलैमा पराई घरमा जीवन

<span class='c1'>आमाबुबाको माया नपाउँदा कलिलैमा</span> <span class='c2'>पराई घरमा जीवन</span>

सुजता लिम्बू
विराटनगर । विनिता (नाम परिवर्तन) १५ वर्षकी थिइन् । उनलाई आमाको न्यानो काख र बुबाको दर्बिलो साथ कस्तो हुन्छ थाहा छैन ।
नौ वर्षको छँदा रोजिरोटीका लागि बुबा विदेशिए । आमाले अन्तै घरजम । ७ वर्ष अगाडी आमाको साथमा भाइ र उनलाई छोडेर मलेसिया पुगेका विनिताको बुबा टेलिफोन मार्फत सम्पर्कमा त छन् । तर, घर कहिले फर्किने हुन् पत्तो छैन ।

बुबा हिँडेसँगै केहि वर्षपछि विनितालाई छोडेर गाँउको काका पर्नेसँग घरजम गरेकी उनकी आमा काठमाण्डौमा छन् रे भन्ने थाहा छ । तर सम्पर्कमा छैनन् ।
‘बाबा विदेश जानुभएको २ वर्षपछि आमा र भाईले मलाई छोडेर जानुभयो,’ उनले सुनाइन्, ‘खै अहिले काठमाण्डौमा हुनुहुन्छ भन्ने अरुले भनेको सुनेको, म सँग त कुरा भएको छैन ।’

बुबाआमा र भाईले एक्लो बनाएपछि घरपरिवार बिहीन उनी समाजको खिसिट्यूरीमा परिन् । कलिलो दिमागमा सम्बन्ध र समाजप्रति नकारात्मक भाव पैदा हुँदै गयो । परिवारको साथ पाउने उमेरमा घृणा र तिरस्कारले हुर्कदै गरेको उनको बाल मनोविज्ञानमा मस्तिष्कमा माया के हो ? भन्ने यकिन भएन । उनी यहि प्रश्नले पिरोल्ने गरेको सुनाउँछिन् । त्यहि मायाको खोजिमा विनिता १४ वर्षको कलिलो उमेरमा आफू भन्दा ७ वर्ष जेठो उमेरको गाँउकै युवासँग सम्बन्ध जोड्न पुगिन् ।
उनको श्रीमानसँगको सम्बन्ध र सहयात्रा राम्रैसँग चलिरहेको थियो । उमेरले सानो भए पनि भोगाइले परिपक्क भएकी विनितालाई श्रीमानसँगको सहयात्रा पनि केही दिनका लागि मात्रै राम्रो भयो । विवाह गरेको तीन महिनामै उनका श्रीमान्को निधन भयो ।
‘बल्लतल्ल माया के हो भन्ने बुझ्दै थिएँ, जान्दै थिए’ पीडाको पोका फुकाउँदै उनले सुनाइन्, ‘साथीसँग घुम्न गएको मोटरसाइकल दुर्घटना भएर उहाँको मृत्यु भयो र मेरो खुशी पुनः खोसियो ।

बिनिताका अनुसार एकैछिन्मा आउँछु भनेर साथीसँग गएका उनका श्रीमान् अब फर्किदैनन् । वियोग र पीडाका चाङ्ग बोकेर खुशी खोज्न आफन्तको साथमा काठमाण्डौ जाने तरखरमा भेटिएकी उनी मौका पाए अध्ययनलाई अगाडी बढाउने सोँचमा रहेको सुनाउछिन् ।
बिनिता जस्तै १५ वर्षिया अनु (नाम परिवर्तन) को पनि विनिताको भन्दा सानो छैन दुःख का पहाड । उनको बुवा र आमाले ७ वर्ष अगाडी कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका रहेछन् । बुबाआमा सम्बन्धमा नरहेपछि उनी बुबासँगै घरमा थिइन् ।

अनुले गत फागुनमा भागी विवाह गरिन् । बुबाले कान्छि श्रीमती ल्याइसकेका छन् । आमा अन्तै छिन् । दैनिक जस्तो घरपरिवारले दिने ‘टर्चर’ र बुवाआमाको मायाबाट अलग्एिको अनुको जीवनका लागि विवाह नै सुखमय दिन निम्त्याउने कल्पना पलायो । उनी पढ्दापढ्दै विवाह गर्ने निधोमा पुगिन् ।

‘आमबुबा अलग भएपछि दुवैजनाको माया नपाउँदा कति गाह्रो हुन्छ भन्ने त मलाई थाहा छ नि, सानै उमेरमा विवाह गर्ने कसलाई रहर हुन्छ र ?’ उनले सुनाइन्, ‘बाध्यताले विवाह गरे । यसले मलाई केहि माया पाउँछु भन्ने लाग्छ । बुवाआमाको सम्बन्ध धमिलिएसँगै उनको पढाइ पनि धमिलिदै गयो । अर्थात पढ्न छोडेर मेलापात गर्न तर्फ लागिन् । ‘कति पढ्न मन थियो तर, के गर्नु र ? उनले आफैले प्रश्न गर्दै सुनाइन्,’बुवाआमाको साथ नहुँदा आफ्नाले गर्ने व्यवहार पनि नराम्रो हुँदो रहेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्