साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप : नेपालको दोस्रो जित

<span class='c1'>साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप</span> <span class='c2'>: नेपालको दोस्रो जित</span>

नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। शनिबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरेकी थिइन्। उनले खेलको ८७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो।

सिम्रन राईले पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिकलाई बंगलादेशकी गोलरक्षक अघि बढेको मौकामा वर्षाले बललाई जाली चुमाएकी थिइन्। जितसँगै नेपालले दुई खेलमा ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो। बंगलादेश भने दुई खेलमा तीन अंक जोड्दै दोस्रो स्थानमा छ। बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो।

नेपालले अब बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ। डबल राउन्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ। नेपालले बुधबार भुटानलाई पराजित गरेमा घरेलु टोली बंगलादेशलाई बराबरीमा रोके पनि उपाधि जित्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्