टी–२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र ईङल्याण्डबीच खेल हुदै छ । अस्ट्रेलियाको एडिलेडमा हुने यस खेलको विजेताले उपाधिको लागि पाकिस्तानको सामना गर्ने छ । नेपाली समय अनुसार दिउसो १:४५ मा हुने छ ।
पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार न्यूजील्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारत समुह २ बाट शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्ड समुह १ बाट उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
समुह २ बाट भारत समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भारतले ५ खेलमा ८ अंक हासिल गरेको छ । त्यस्तै ५ खेलमा ६ अंक हासिल गर्दै समुहमा दोस्रो हुदै पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
त्यस्तै ईङल्याण्डले समुह १ मा ५ खेलमा ७ अंकसहित नै ०.४७३ रनरेटका आधारमा आयोजक अस्ट्रेलियाभन्दा अगाडी रहदै समुहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको थियो ।
सेमिफाइनलअघि ईङल्याण्डका खेलाडी घाइते हुदा समस्यामा परेको छ । ईङल्याण्ड तिब्र गतिका बलर मार्क वूड र विस्फोटक ब्याट्सम्यान डेविड मलान घाइते भएपछि भारतविरुद्धको खेलमा खेल्न नसक्ने बताइएको छ ।