एलन मस्कले ट्विटर “ब्लू टिक” बारे दिए नयाँ जानकारी

एलन मस्कले ट्विटर “ब्लू टिक” बारे दिए नयाँ जानकारी

ट्विटरका नयाँ मालिक एलन मस्कले अर्को हप्तादेखि ब्लू टिक सेवा पुनः सुरु हुने सम्भावना व्यक्त गरे ।​ ट्विटरमा पल जमिल नामका एक प्रयोगकर्ताको  प्रश्नको जवाफ दिँदै मस्कले सायद अर्को हप्ताको अन्त्यसम्म यो सेवा पुनः सुरु हुनसक्ने बताए ।

मस्कले ट्विटरमा निकै छिटो भिन्न भिन्न खालका इमोजी पनि देख्न पाइने ईशारा गरेका छन् ।​

ट्विटर ब्लू टिक सब्सक्रिप्सन सेवामा प्रयोगकर्तासँग ७.९९ डलर प्रति महिना भुक्तानी मागिँदै छ ।

किन लगाइएको थियो रोक ?

ट्विटरले ब्लू टिकका लागि आठ डलरको सब्सक्रिप्सनलाई शुक्रबार रोकिदिएको छ । एलन मस्कले ट्विटर किनेपछि कम्पनीले ठूलो परिवर्तनको निर्णय फिर्ता लिएको यो पहिलो पटक हो ।

ब्लू टिक सब्सक्रिप्सन लागू भएपछि थुप्रै ठूला ब्रान्डको नक्कली अकाउन्ट बनेका थिए र तिनिहरुले पनि ब्लू टिक पाएको थियो । जसका कारण नक्कली अकाउन्ट पनि कम्पनीको सक्कली अकाउन्ट जस्तो देखिन थालेको थियो ।

यस्तै एक मामिलामा एली लिली नामको कम्पनीको एउटा नक्कली अकाउन्ट बनेको थियो जसमार्फत् ट्विट गरिएको थियो – इन्सुलिन फ्रि । यसबारे ट्विटरले हालसम्म कुनै ठूलो बयान दिएको छैन । तर कम्पनी एली लिलीले ट्विट गर्यो, ‘हामी उहाँहरुसँग माफी माग्छौँ जसले नक्कली लिली अकाउन्टबाट गलत सन्देश पाएका छन् ।’

यस घटनाले ट्विटरबाट गलत सूचना फैलाउने घटना बढ्न सक्ने चिन्ता बढाएको छ । यो घटनापछि शुक्रबार कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।एलन मस्कले गत महिना ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । त्यसयता उनले ट्विटरमा धेरै परिवर्तन गरिसकेका छन् ।

ट्विटरबाट करिब ३७०० व्यक्तिलाई निकालिएको थियो, जुन कम्पनीको आधा कर्मचारीको बराबर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्