नेपाललाई २६४ रनको लक्ष्य, सन्दिप बिनाको बलिंङ खासै चलेन

नेपाललाई २६४ रनको लक्ष्य, सन्दिप बिनाको बलिंङ खासै चलेन

रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६३ रनको योगफल तयार गर्‍यो।

यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेले। त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै मुहम्मद वासिमले ४४ तथा वृत्या अरविन्दले ४० रनको योगदान गरेका थिए।

कप्तान सीपी रिजवान दुई रनमा आउट हुँदा अलिशान सारफुले २९ रन जोडे। बासिल हमिद १४, अफ्जल खान २६ रन बनाएर आउट हुँदा अहमद राजा २७ र जुनेद सिदिक्वी एक रनमा अविजित रहे।

नेपालका लागि गुल्शन झाले ६ ओभरमा २६ रन खर्चेर दुई विकेट लिए। यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी सिरिजको दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्