फिफा विश्वकप सम्बन्धी रिटमा सुनुवाइ हुँदै, नेपालमा विश्वकप हेर्न पाइने नपाइने अन्यौल !

फिफा विश्वकप सम्बन्धी रिटमा सुनुवाइ हुँदै, नेपालमा विश्वकप हेर्न पाइने नपाइने अन्यौल !

फिफा विश्वकप २०२२ हेर्नका लागि पाँच सय रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिने अथवा नदिने विषयमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज दुवै पक्षको उपस्थितिमा बहस हुनेछ ।

अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासले मिडिया हबको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्