नामिबियामा आयोजना हुने श्रृङखलाका लागि नेपाली टिमको घोषणा

<span class='c1'>नामिबियामा आयोजना हुने श्रृङखलाका</span> <span class='c2'>लागि नेपाली टिमको घोषणा</span>

आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियामा आयोजना हुने श्रृङखलाका लागि नेपाली टिमको घोषणा भएको छ । आईतबार नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टोलीको घोषणा गरेको हो। शृंखलामा नेपाल र नामिबियासहित स्कटल्यान्ड पनि रहेको छ।

यूएईसँगको श्रृङखलाका लागि टिममा परेका कमलसिंह ऐरी र आदिल आलमलाई नामिबिया शृंखलामा समावेश गरिएको छैन। नन्दन यादवले नेपाली टोलीमा स्थान बनाएका छन्।

डिसेम्बर १ देखि ८ तारिखसम्म आयोजना हुने श्रृङखलाका लागि नेपाली टोलीमा रोहित पौडेल(कप्तान), अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, सागर ढकाल, गुलसन झा, हरिशंकर शाह, नन्दन यादव र ललित राजवंशी रहेका छन्।

विश्वकप लिग–२ मा रहेका सात टोली हरेकले ९ वटा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्छन्।

नेपाल २० खेलबाट १७ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ। शीर्षस्थानमा रहेको ओमानको ३६ खेलबाट ४४ अंक रहेको छ। स्कटल्यान्डको २८ खेलबाट ४०, अमेरिकाको ३२ खेलबाट २९, यूएईको २६ खेलबाट २७ र नामिबियाको २२ खेलबाट २६ अंक रहेको छ।

तालिकाको शीर्ष तीन टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् भने बाँकी चार टोलीले विश्वकप छनोटका लागि प्ले अफ खेल्नुपर्ने छ। नेपालले केही दिन घरेलु मैदानमा यूएईसँगको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्