पछिल्लो २४ घण्टामा म्यानमारमा छ लाख ३३ हजार जनामा कोरोना पुष्टी

पछिल्लो २४ घण्टामा म्यानमारमा छ लाख ३३ हजार जनामा कोरोना पुष्टी

म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९ प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार चार सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ । सोमबार २८ नयाँ निको भएकासहित देशमा कोभिड–१९ बाट निको भएका बिरामीको कुल संख्या ६ लाख ७ हजार चार सय १२ पुगेको छ ।

दक्षिणपूर्वी एसियाली देशले सन् २०२० मार्चमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएका थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्