फिफा विश्वकप फुटबल : आज चार खेल हुदै

फिफा विश्वकप फुटबल : आज चार खेल हुदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज चारवटा खेलहरु हुने भएका छन् ।

आज समूह जी र समूह एचका दुई-दुई खेल हुने भएका छन् ।

समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । भने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजै हुने दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण काेरियाबीच बेलुका पौने ७ बजे एजुकेसन सिटी स्टेडियममा खेल सुरु हुनेछ ।

आजै हुने समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे लुसेन आइकोनिक स्टेडियममा खेल सुरु हुनेछ ।

आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक-एक खेलको समीकरण पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्