विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यस बराबरी खेलसँगै समूह एचमा रहेको उरुग्वे र दक्षिण कोरियाले समान एक–एक अङ्क जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्