ब्राजिलका स्टार खेलाडी नेयमार घाइते, उनको खुट्टामा चोट

ब्राजिलका स्टार खेलाडी नेयमार घाइते, उनको खुट्टामा चोट

बिहीबार राति सर्बियाविरुद्ध २–० को जीत हासिल गर्नेमा ब्राजिलका स्टार खेलाडी घाइते भएका छन् । चोटका कारण गोलिगाँठो सुन्निएपछि उनले मैदान छाड्दै उपचार गर्नुपरेको थियो । नेयमारले अन्तिम १० मिनेट साइडलाइनबाट खेल गर्नुपरेको थियो । त्यतिबेला मेडिकल स्टाफले उनको खुट्टाको उपचार गरेका थिए ।

खेलपछि टीमका डाक्टरले उनको गोलिगाँठोको चोट लागेको पुष्टि गर्दै यो कति गम्भीर छ भनेर पत्ता लाग्न २४–४८ घण्टासम्म पर्खनुपर्ने बताएका छन् । यता प्रशिक्षक टिटेले भने चोट गम्भीर नभएको र उनी मैदानमा फर्कने आशा व्यक्त गरे, ‘तपाईं ढुक्क हुनुहोस् नेयमार विश्वकपमा खेल्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्