विश्वकप फुटबल प्रतियोगिता : सेनेगलद्वारा आयोजक कतार पराजित

विश्वकप फुटबल प्रतियोगिता : सेनेगलद्वारा आयोजक कतार पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो ।

कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा पू¥याए ।

त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो । खेलको ८४औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।

जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ ।

यता कतारको यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्