‘व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन’: प्रधानमन्त्री मोदी

‘व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन’: प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताउनुभएको छ ।

लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । लाचित बोरफुकनको जीवनको उदाहरण दिँदै उहाँले बोरफुकनको जीवनले हामीलाई नातावाद र वंशवादको सट्टा ‘राष्ट्र पहिलो’ को मन्त्रमा बाँच्न प्रेरित गरेको छ ।

उक्त अवसरमा प्रधानमन्त्री मोदीले ‘लाचित बोरफुकान– आसामका नायक हू हल्ट द मुगल्स’ नामक पुस्तकको पनि विमोचन गर्नुभएको थियो ।

आसामको अहोम साम्राज्यको शाही सेनाका प्रसिद्ध जनरल लाचित बोरफुकानको ४०० औं जन्मजयन्तीको सम्मानमा नोभेम्बर २५ मा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “बोरफुकानले मुगलहरूलाई परास्त गर्नुभयो र औरङ्गजेबको अधीनमा मुगलहरूको बढ्दो महत्वाकांक्षालाई सफलतापूर्वक रोक्न सफल हुनुभयो ।”

भारतीय प्रधानमन्त्री मोदीले वीर लाचित जस्ता वीर पुत्रहरू दिने आसामको भूमिप्रति आफ्नो सम्मान व्यक्त गर्दै भन्नुभयो, “हामी वीर लाचित बोरफुकनलाई उनको ४०० औं जन्मजयन्तीमा नमन गर्दछौं । उहाँले आसामको संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

अन्य सभ्यता र भारतबीचको भिन्नतालाई औंल्याउँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, “आज विश्वले यस्ता सभ्यताका अवशेषका आधारमा इतिहासको मूल्याङ्कन गर्छ । तर, इतिहासमा अनपेक्षित प्रतिकूलताको सामना गरेको र विदेशी आक्रमणकारीहरूको अकल्पनीय आतङ्कको सामना गरेको भारत आज पनि उही ऊर्जा र चेतनाका साथ अमर छ ।” रासस/एएनआई

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्