टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।

फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन्।

फिर्ता लिइएका सवारी साधनहरूमा बिक्री पछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुन: स्थापना गरिएको बताइएको छ ।

सेवा केन्द्रले सेफ्टी बेल्टहरू पुन: स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्