विश्वकप फुटबल : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

<span class='c1'>विश्वकप फुटबल :</span> <span class='c2'>अस्ट्रेलियाले ट्युनिसियालाई हरायो</span>

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।

कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको लागि निर्णायक गोल सबित भयो ।

यस जितसँगै अस्ट्रेलियाले ३ अङ्क जोडेको छ । अस्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससँग पराजित भएको हो ।

यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै १ अङ्क जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्