विश्वकप फुटबलमा आज चार खेल : ब्राजिलले स्विट्जरल्यान्डसंग खेल्ने

विश्वकप फुटबलमा आज चार खेल : ब्राजिलले स्विट्जरल्यान्डसंग खेल्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा समूह 'जी' को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । भने दोस्रो खेल अन्तर्गत समूह 'एच' को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका बीचको खेल पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ ।

आजै हुने तेस्रो खेलमा समूह 'जी' का ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो ।

स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो । त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्ने छ । समूह 'एच' मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

पोर्चुगल दोस्रो र उरुग्वे पहिलो जितको खोजीमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्