संसारको झलक पनि नदेखेकी छोरी मारेर।
के पायौ नै होला तिमिले,
पुर्णिामा कि चन्द्रमा लाई औंशि मानेर।
के धन कमायौ तिमिले आखिर,
लक्ष्मीलाई आफै दफ्नाएर।
छोरा छोरा जपि बस्छौ तिमी,
के पायौ तेस्तो अमुल्य, छोरा जन्माएर।
आफुलाई श्रीमती चाहियो,
तिम्रो छोरालाई चाहिदैन होला र?
मुर्तीमा छोरी जात कै पुजा गर्छौ नि?
सीता,पार्वती,सरस्वती तिम्रा बिचारमा छोरा हुन र?
सास र पानी झै चाहिन्छन,
छोरा र छोरी पनि।
यो कुरो अब बुझनैपर्छ,
पुरुष मात्र होइन,महिला पनि ।
न मार्नु छोरी ,
न गर्नु एस्तो अपराध,
न बन्नु भक्षक,
आफ्नै सन्तानको, हे जन्जात।
के आफ्नै आमा नि जन्मिदै मारिएकि भए,
तिमी यो सन्सार देख्थ्यौ होला र?
तिम्रै छोरी पछि कसैको आमा बन्छिन,
सोची हेर हे मनुष्य जात!