काठमाडौं । चीनको हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा दुई सय वटा गाडी एकआपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुपरिएको देखिन्छ। एक गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।
दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । हुस्सु र कुहिरोका कारण सडक नदेखिएकाले गर्दा कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।
चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ ।
गएको सेप्टेम्बरमा दक्षिण–पश्चिमी गुइझोउ प्रान्तको क्वरेण्टीनमा जाँदै गरेको बस राजमार्गमा पल्टिँदा २७ जनाको ज्यान गएको थियो ।