काठमाडौँ । भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त कार दुर्घटनामा परेर घाइते भएका छन् ।
उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा सामान्य घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
दिल्ली–देहरादुन हाइवेमा पन्त सवार कार डिभाइडरसँग ठोक्किएपछि उनी घाइते भएको समाचारहरुमा उल्लेख छ।
कारमा ऋषभ एक्लै रहेका र आफैँले कार चलाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई उपचारका लागि देहरादूनकाे म्याक्स अस्पतालमा भर्ना गरिएकाे छ । उनकाे खुट्टा र शरीरकाे केही भागमा गम्भीर चाेट लागेकाे र अहिले खतरामुक्त रहेका डाक्टरहरूले बताएका छन् । अहिले उनकाे अवस्था खतरामुक्त छ ।
पन्त आफैंले चलाइरहेको कार दुर्घटनामा परेको र दुर्घटनाग्रस्त भएपछि आगलागी सुरु भएको कारको झ्याल फुटाएर पन्त बाहिर निस्किएको समाचारमा उल्लेख छ।