सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ ।

ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ ।
उहाँले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतमा जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ– आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निमार्णका लागि हामी लाग्नेछौँ ।
उहाँले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिनुभएको छ । उहाँले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुद बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताउनुभएको छ ।

उहाँले उर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरुलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका उर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरु यस वर्षमा गरिने कार्यक्रम पनि रहेको उहाँले बताउनुभएको हो ।

युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रुपमा हमला गरिरहेको छ । हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्