ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए ।
उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए । प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सय जनालाई पक्राउ गरेको थियो ।

त्यस लगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो ।

यहाँको राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उहाँको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले सो विरोध गरेका हुन् । उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए । उनीहरुले राजधानी सहरमा रहेको सर्वाेच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए ।
त्यसपछि यहाँका प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश पनि दिनुभएको थियो ।

यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिनुभएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुन अनुसार कारबाही हुने जानकारी दिनुभएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्