माघदेखि ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय

माघदेखि ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय

काठमाडौँ । नेपाल बैंकर्स सङ्घले आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ ।

वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले बैङ्कहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।

हाल १२.१३३ प्रतिशतमा रहेको निक्षेपको ब्याज १.१३३ प्रतिशतले घटेसँगै ११ प्रतिशतमा आउनेछ । यसबाट लामो समयदेखि पिडादायी अवस्थामा रहेको नेपाली अर्थतन्त्रले राहतको महसुस गर्ने बताइएको छ । व्यवसायीहरू विगत लामो समयदेखि बैंक ब्याजदर घटाउनुपर्ने भन्दै आन्दोलनमा छन् ।

यस्तो अवस्थामा बैंकको ब्याजदर १० प्रतिशतले घटेपछि १३ खर्ब ७१ अर्बको निक्षेपमा तत्काल १.१३ प्रतिशतले ब्याज घट्ने बैंकरहरू बताउँछन् ।
ब्याजर घट्ने निर्णयसँग बैंकहरूको बेस रेट समेत घट्ने छ ।

यस्तै, मुद्दती खाताको ब्याज समेत घट्दै जाँदा कर्जाको ब्याज समेत घट्ने छ । यसकारण, लामो समयदेखि उद्योगी व्यवसायीले गरिरहेको ब्याजदर घटाउनुपर्ने माग समेत सम्बोधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्