पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण

<span class='c1'>पाँच महिनामा भित्रियो चार</span> <span class='c2'>खर्ब ८० अर्ब विप्रेषण</span>

काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रू चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव छ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ३० अर्ब छ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्