भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

<span class='c1'>भायानेट कम्युनिकेसनले मनायो</span> <span class='c2'>डिआरएसको विजय उत्सव</span>

काठमाडौँ । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजय उत्सव भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाइएको छ ।

कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोलि सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरेका थिए । भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर हो।

कार्यक्रममा डिआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनसिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनीहरुको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाका बारेमा बोलेका थिए ।

उनीहरुले नेपालको इन्टरनेट कनेक्टिभिटीले नेपाली इस्पोर्ट उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न समक्ष बनाएको बताएका थिए । डिआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले भायानेटको इन्टरनेट गेमरहरूको पहिलो रोजाइमा परेको बताए ।

भायानेट सीईओले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न भायनेट प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने बताइन्।

उक्त कार्यक्रममा सिइयो बोहराले कम्पनीले नेपालको ईस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरू मध्ये एक डिआरएस गेमिङले जनवरी आठमा इन्डोनेसियाको जकार्तामा आयोजित गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको हो । टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका थिए।

नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट सन् १९९९ मा स्थापना भएको हो । आफ्नो स्थापना देखि नै भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्नमा अग्रणी स्थानमा रहेको कम्पनिले सन् २०११ मा सामान्यतया एफटिटीएएच भनेर चिनिएको फाइबर अप्टिक्स इन्टरनेटलाई पहिलो पटक नेपालमा ल्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्